कर्णाली प्रदेश अस्पतालले कोराेनाका नयाँ बिरामी भर्ना नलिने

कर्णाली प्रदेश अस्पतालले कोराेनाका नयाँ बिरामी भर्ना नलिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत –  कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएकाले थप काेराेनाका बिरामी भर्ना लिन नसक्ने जनाएको छ । प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ ।

बिरामीको संख्या थपिँदै गएपछि अक्सिजनको अभाव भएको डा. डम्मर खड्काले बताए ।अस्पतालले सूचना जारी गरेर थप बिरामी भर्ना लिन नसक्ने जनाएको हो । अस्पतालमा अहिले करिब ९० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन । अहिले हाल करिब १ सय सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । अस्पतालमा दैनिक ३ सय बढी अक्सिजन आवश्यक पर्छ।