सुर्खेत – कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुका परिवारलाई जनही १ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
मृत्यु भएका व्यक्तिहरुका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड तय गरेर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिइन् ।




प्रतिक्रिया