काठमाण्डु – कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट थपिएका दुईजना मन्त्रीले आज शपथ लिँदैछन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुईजनालाई मन्त्री नियुक्त गर्दै हिजो बेलुकी मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको र उनिहरुको शपथ ग्रहण दिउँसो दुई बजेका लागि तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्रिमण्डल आठ सदस्यीय बनेको छ । कर्णाली सरकारमा मुख्यमन्त्रीसहित तीन जना माओवादी केन्द्रका, एमाले माधव समूहका तीन जना र कांग्रेसका दुई जना मन्त्री भएका छन् ।




प्रतिक्रिया