काठमाण्डु – कर्णाली प्रदेश सभा बैठक आज दिउँसो बस्दै छ । प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि पटकपटक स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको हो ।
भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ ।
बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार स्थगित भएको बैठक सुचारु गर्ने विषयमा सरकार पक्ष र प्रतिपक्षी दलका नेताबीच मंगलबार वार्ता भएपनि सहमति जुट्न सकेको छैन ।
फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै एमालेले बैठक अवरुद्ध पार्दै आइरहेको छ । मन्त्री थापालाई सभाबाट ननिकालेसम्म बैठक चल्न नदिने एमालेको अडान छ ।




प्रतिक्रिया