कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । गत कात्तिक २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले मंसिर १४ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् ।

शुक्रबार प्रदेशसभा सचिवालयले प्रदेश सभा अधिवेशन आह्वान गरेको जानकारी दिँदै मुख्यमन्त्री शाहीले मंसिर १४ गते दिउँसो १ बजे विश्वासको मत लिने जानकारी दिएको छ । उनले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

शाही गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । यसअघि माओवादी केन्द्रबाट महेन्द्र बहादुर शाही कर्णालीको मुख्यमन्त्री थिए । तर, पूर्वसहमतिअनुसार उनले नेपाली कांग्रेसलाई मुख्यमन्त्री छोडेका थिए ।