कर्णालीमा एमालेबाट बर्खास्तीमा तीन जना मन्त्रीलाई पुनः शपथ खुवाउने तयारी

कर्णालीमा एमालेबाट बर्खास्तीमा तीन जना मन्त्रीलाई पुनः शपथ खुवाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीलाई पुनः शपथ ग्रहण गराउने तयारी भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुखले नेकपा एमालेका चार जना सांसद पदमुक्त भएको जानकारी गराएपछि उनीहरु सांसदबाट पदमुक्त भएका छन् ।

कर्णालीमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले माधव नेपाल समूहका तीन जना मन्त्रीलाई पुनः शपथ ग्रहण गराउने तयारी भइरहेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन् ।

‘मुख्यमन्त्रीज्यू काठमाण्डु जानु भएको छ । उहाँ फर्किने बित्तिकै शपथग्रहण हुन्छ’, मन्त्री केसीले काठमाण्डुपाटीसँग कुरा गर्दै भनिन् ।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रालयमा अमर बहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा कुर्मराज शाही सदस्य रहेका छन् ।

उनीहरुले गत शनिबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका थिए । उनीहरु मन्त्री भएको ८ दिनमा सा.सदबाट पदमुक्त भएका हुन् ।

नेकपा एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने तीन जना मन्त्रीसहित अर्का सांसद प्रकाश ज्वालालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गरेको हो । उनहिरुले पार्टीको ह्वीप उल्लंघन गरी विपक्षी पार्टीको सरकारलाई सघाएको आरोप छ ।