कर्णाली प्रदेशले माग्यो केन्द्र सरकारसँग सेना परिचालनको अनुमति

कर्णाली प्रदेशले माग्यो केन्द्र सरकारसँग सेना परिचालनको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले रोकोना भाइरस रोकथामका लागि सेना परिचालन गर्न केन्द्र सरकारसँग स्वीकृति माग गरेको छ ।

ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो ।

कोरोना महामारीबाट प्रभावित, संक्रमित नागरिकको उद्वार र क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाली सेना परिचालनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी र शसस्त्र प्रहरी सुरक्षासम्बन्धी अन्य कार्यमा खटिनु पर्ने भएकाले महामारीबाट प्रभावितर संक्रमित नागरिकहरुको उद्दार तथा क्वारेनटाइन व्यवस्थापनमा लागि नेपाली सेना परिचालन गर्नुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक ४ हजार कर्णालीवासी भारतबाट फर्किने गरेका छन् । हाल कर्णालीका ८० हजार नागरिक भारतमा रहेको र ३० हजार फर्किने प्रदेश सरकारको अनुमान छ ।