पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ ।

कालीकोटको शुभकालीका गाउँपालि–१, गगनेखोला, सेरिघाट, जितेगडा लगायतका ठाउँमा पहिरो जादा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ ।

गए रातिको पानिले राजमार्गमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जाममा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण पनि अलपत्र परेका छन् ।

अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरी टोलीले समन्वय गरी एक्साभेटर लगाएर सडक खुलाउन प्रयास गरिरहेको छ । यस्तै कर्णाली करिडोरको रेङलिल, फुग्गाडलगायतका ठाउँमा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।