कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली राजमार्ग पुनः अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बुधबार राति पुनः पहिरो बस्खा बाटो अवरुद्ध भएको छ । यसअघि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको यस खण्डमा फेरि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो ।

तर त्यसपछि पनि दुई पटक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । लगातारको वर्षाका कारण यस क्षेत्रमा पहिरोको जोखिम बढेको प्रहरीको भनाइ छ।

‎‎राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरूलाई असुविधा भएको छ भने दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या भएको छ।