आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आयाे कर्णाली राजमार्ग

आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आयाे कर्णाली राजमार्ग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला– पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो ।

जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताए । स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।