कर्णाली नदीमा डुंगा पल्टिँदा ६ जना यात्रु बेपत्ता


काठमाण्डु- कर्णाली नदीमा डुंगा पल्टिँदा ६ जना यात्रु बेपत्ता भएका छन् । आइतबार विहान साढे ११ बजे कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा डुंगा पल्टिएको हो ।

डुंगा पल्टिँदा बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा जाने क्रममा तीन जना आमा र तीन जना बच्चा बेपत्ता हुन् ।

सरकारले कैलालीको मोहन्याल गाउँपालिकास्थित रांगा मलेखामा खोप केन्द्र ब्यवस्थापन नगर्दा त्यहाँका  बासिन्दा बर्सेनि डुंगाबाट कर्णाली तर्न बाध्य छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement