कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए सपथ

कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त भएका दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।

मुख्यमन्त्री शाहीले उनीहरुलाई शनिबार मन्त्रीमा नियुक्त गरेका थिए । २०७४ को निर्वाचनपछि कांग्रस पहिलोपटक सरकारमा गरेको हो । दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्रिमण्डल आठ सदस्यीय बनेको छ ।

कर्णाली सरकारमा मुख्यमन्त्रीसहित तीन जना माओवादी केन्द्रका, एमाले माधव समूहका तीन जना र कांग्रेसका दुई जना मन्त्री भएका छन् ।