कारोबार रकममा वृद्धि, नेप्से अन्तत : २ अंकले घटेर बन्द


काठमाडौं – बुधवार नेप्से परिसूचक शून्य दशमलव २४ प्रतिशत घटेको छ । कारोबारको अन्त्यमा २ दशमलव ९० अङ्क घटेर १ हजार २ सय ४ दशमलव ८१ विन्दुमा पुगेको छ । यस दिन बजार उतारचढावमा रहेको छ । कारोबार शुरु भएको १५ मिनेटमा १ हजार २ सय २२ दशमलव २९ विन्दुमा पुगेको बजार घटेर १ हजार १ सय ८७ दशमलव १८ विन्दुसम्म पुगेको थियो ।

आज १ सय ६२ कम्पनीको ५१ करोड ४१ लाख ५० हजार १ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ । जबकि मंगलबार ५० करोड ६१ लाख २६ हजार ७ सय ३ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । युनिलिभर नेपालको २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यस दिन राधि विद्युत् कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७ रुपैयाँ अर्थात् १० प्रतिशतले बढेको छ । यता, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२ रुपैयाँ अर्थात् ८ दशमलब ४२ प्रतिशतले घटेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १ सय १९ रुपैयाँ गुमाएका छन्।

अघिल्लो दिनको तुलनामा १ दशमलव ५९ प्रतिशतले बढेकोे छ । यस दिन करोबार रकम ८० लाख ३७ हजार बढेको छ । कुल बजार पूँजीकरण शून्य दशमलव २४ प्रतिशतले घटेर १४ खर्ब १२ अर्ब पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १० प्रतिशत घटेर २ सय ५७ दशमलव ४८ अङ्क पुगेको छ ।

त्यसैगरी, यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभरसोल्ड अथवा २९ दशमलव ३५ स्केलमा रहेको छ । यसले बजारमा विक्री चाप बढेको देखाउँछ । नेप्सेको एडी रेशियो शून्य दशमलव ५२ प्रतिशत रहेको छ । यसले बजार वुलिश वृत्तिमा रहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement