काठमाण्डु – प्रतिनिधि सभाबाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ ।
समितिको कार्यविधिमा कार्यक्षेत्रबारे उल्लेख गरिएको छ, जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने तत्कालीन सञ्चालक रहेको गोरखा मिडिया प्रालिको नाम किटान गरिएको छ । कार्यक्षेत्रमा अन्य संस्थाको नाम किटान गरिएको छैन ।
कार्यक्षेत्रको (घ) मा भनिएको छ, ‘सहकारी संस्था सदस्य (शेयरधनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना गरिएको, अपचलन, अनुचित लेनदेन गरी हानिनोक्सानी पुर्याएको भनी संघीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची–२ मा उल्लिखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानूनी रूपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानूनी वा अनुचित कार्या कोही संलग्न देखिएकामा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानून बमोजिम कारवाहीका लागि आवश्यक सिफारिस गर्ने ।’
पढ्नुहोस् कार्यविधि –




प्रतिक्रिया