सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु

सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

दिउँसो सुरु भएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वको कार्यदलको बैठकले समितिको कार्यादेश टुंग्याउनेछ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा छानबिन हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

कार्यदलको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल लगायत ६ जनाको उपस्थिति छ ।