सत्ता गठबन्धनकाे कार्यदलको बैठक बिना निष्कर्ष टुंगियो, साँझ पुनः बस्ने

सत्ता गठबन्धनकाे कार्यदलको बैठक बिना निष्कर्ष टुंगियो, साँझ पुनः बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनको कार्यदलको बैठक दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेदेखी सुरु भएको बैठकमा सरकार सञ्चालनका लागि बनाइएको साझा न्यूनतम कार्यक्रमको मस्यौदामाथि छलफल भएको कार्यदल सदस्य मिनेन्द्र रिजालले जानकारी दिए ।

दिउँसो १ बजे संसद बैठक रहेकाले केहीबेरका लागि स्थगित गरिएको रिजालले जानकारी दिए । अपराह्न बस्ने बैठकले सरकारले गर्ने न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने उनको भनाइ छ ।

सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउन तीन दलका नेता सम्मिलित कार्यदल बनाइएको छ। कार्यदलको संयोजकमा पूर्णबहादुर खड्का रहेका छन्। कार्यदलले सत्ता साझेदार पाँच दलसँग परामर्श गरेर साझा कार्यक्रम बनाउने कार्यादेश पाएको छ ।

कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।