सत्ता गठबन्धनको कार्यदलको बैठक : सरकार संचालन कार्यविधिबारे छलफल

सत्ता गठबन्धनको कार्यदलको बैठक : सरकार संचालन कार्यविधिबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनको कार्यदलको बैठक सकिएको छ । सोमबार सरकारका साझा कार्यक्रम, सरकार सञ्चालन र आचारसंहिता बनाउन बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलको बैठक सकिएको हो ।

कार्यदल सदस्य मिनेन्द्र रिजालले आजको बैठकबाट निष्कर्षमा पुग्न नसकिएको जानकारी दिए । उनले भोली पुनः अर्को बैठक बसेर टुंगो लगाइने बताए ।

‘सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल भयो । तर आज निष्कर्षमा पुग्न सकिएन,’ डा. रिजालले भने ।

नेता रमेश लेखकले राजनीतिक दलहरूका बीचको गठबन्धनलाई कसरी सुव्यवस्थित र सुदृढ पार्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।