सगरमाथा बेस क्याम्पमा कासा बुटिकको फेसन सो, २५ देशका मोडलहरु सहभागी हुने

सगरमाथा बेस क्याम्पमा कासा बुटिकको फेसन सो, २५ देशका मोडलहरु सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं – विश्वकै सर्वोच्च शिखर सगरमाथामा फेसन सो हुने भएको छ । यही जनवरी २५, २०२० का दिन सगरमाथा आधार–शिविरमा ‘द माउण्ट एभरेष्ट फेसनरनवे’ आयोजन गर्न लागेको आयोजक कासा नेपालले पत्रकार सम्मलेन आयोजना गरि जानकारी दिएको छ ।

‘संसारभर मौसम परिवर्तन र तापक्रम बृद्धिका कारण विभिन्न समस्या देखिन थालिसकेको सन्दर्भमा हामीले सचेतनाको लागि सगरमाथा बेस क्याम्पमा फेसन सोको आयोजना गर्न लागेका हौं,’ कासा बुटिककी संञ्चालीका रमिला नम्कुलले भनिन्, ‘प्रदूर्षणका कारण वातावरणमा समस्या देखिन थालेको हुँदा नेपालमा उत्पादन भइरहेका पस्मिनालगायत जैविक सामग्रीलाई प्रवद्र्धन लागिपरेका छौं ।’

प्राकृतिक स्रोतको संरक्षणको सन्देश दिँदै आयोजना हुन लागेको फेसन सोमा १५ जना अन्तर्राष्ट्रिय सुपरमोडलहरु सहभागी हुनेछन् ।