काठमाण्डु – भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेपछि भारत प्रशासित कश्मीरका वासिन्दाले राहत महसूस गरेका छन् ।
आणविक हतियार सम्पन्न छिमेकी भारत र पाकिस्तानले ४ दिनसम्म सैन्य हमलापछि शनिबार युद्धविरामको घोषणा गरेका थिए ।
शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ । विशेषगरी नियन्त्रण रेखा (एलओसी) नजिकै बस्नेहरूले सहज महसूस गरेका छन् । २ हप्ताभन्दा बढी समयदेखि तनावमा बिताएका स्थानीयहरू आफ्नो नियमित जीवनमा फर्किरहेका छन् ।
भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरका बजार र पसलहरू थप तनाव बढ्ने डर घटेपछि खुल्न थालेका छन् । ‘यहाँ कश्मीरमा, वातावरण तनावपूर्ण छ, र व्यापार ठप्प भएको छ । त्यसैले अब आशा छ कि अवस्था राम्रो हुनेछ,’ स्थानीय आसिफ शफिकले भने ।
बुधबार नयाँदिल्लीले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरभित्र घातक हवाई हमला गरेपछि २ देशहरूबीच लडाइँ सुरु भएको थियो ।
श्रीनगरबाट लगभग ८९ किलोमिटर पूर्वमा रहेको पहलगाममा गत महिना बन्दुकधारीहरूले २६ जनाको हत्या गरेको बदला लिन हवाई हमला गरिएको थियो ।
भारतले पाकिस्तानलाई बन्दुकधारीहरूलाई सहयोग गरेको आरोप लगाएको तर आरोप पाकिस्तानले अस्वीकार गर्दै आइरहेको छ । (सीसीटीभीप्लस)
प्रतिक्रिया