कश्मीरमा सुरक्षा बल र आतंककारीबीच भिडन्त, एक आतंककारी मारिए

कश्मीरमा सुरक्षा बल र आतंककारीबीच भिडन्त, एक आतंककारी मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड भएको छ ।

सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ । अहिलेसम्म, अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ ।

शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतंककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ । यो संयुक्त कारबाही भारतीय सेना, जम्मू कश्मीर प्रहरी, सीआरपीएफ र विशेष अपरेशन समूह (एसओजी) द्वारा गरिएको थियो ।

जुलाई ३० मा, जम्मू र कश्मीरको नियन्त्रण रेखामा भारतीय सेनाले सीमा बार नजिकै शंकास्पद गतिविधि पत्ता लगाएपछि मुठभेड भएको थियो ।

सुरुमा संदिग्ध आतंककारीहरूले गोलीबारी सुरु गरेको र सेनाले तुरुन्तै जवाफी कारबाही गरेको जनाएको छ ।