कश्मिर सीमा क्षेत्रमा पाकिस्तानले सेना तैनाथ गर्नसक्ने

कश्मिर सीमा क्षेत्रमा पाकिस्तानले सेना तैनाथ गर्नसक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा तैनाथ रहेका सैनिकहरुलाई कश्मिरको सीमा क्षेत्रमा लाइन अफ कन्ट्रोल नजिकै आफ्नो सेना तैनाथ गर्ने सम्भावना देखिएको छ ।

अमेरिकाका लागि पकिस्तानका राजदूत असद मजीद खानले अफगानिस्तानको सीमाबाट हटाएर पाकिस्तानले आफ्नो सेनालाई कश्मिरको सीमामा फेरि तैनाथ गर्न सक्ने बताएका छन् ।  भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ मा प्रकाशित समाचारअनुसार कश्मिर मुद्दामा अमेरिका र अन्तरराष्ट्रिय समुदायबाट हस्तक्षेपको अपेक्षा गरिरहेको पाकिस्तानले निराशा हात लागेपछि यस्तो बयान सार्वजनिक भएको हो ।

जम्मु काश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० को प्रावधान हटाइएको विरोधमा पाकिस्तानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अपिल गरेको थियो । यो महिना राष्ट्रसंघको अध्यक्ष पद युरोपियन मुलुक पोल्याण्डसँग छ ।  पोल्याण्डले पाकिस्तानसँग कश्मिर मामिलामा द्विपक्षीय समाधान निकाल्न सुझाव दिएको छ । पाकिस्तानको पछिल्लो बयानको असर अमेरिकाका साथ पाकिस्तानको सम्बन्ध र तालिबानका साथ जारी शान्ति वार्तामा पर्न सक्ने अनुमान गरिएको छ ।