कश्मिर मुद्दामा वार्ता गर्न इमरान खानले मोदीलाई लेखे पत्र

कश्मिर मुद्दामा वार्ता गर्न इमरान खानले मोदीलाई लेखे पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कश्मिर लगायतका विवादित विषयमा वार्ता गर्न पत्र लेखेका छन् । इमरान खानले मोदीलाई पठाएको पत्रमा कश्मिर मुद्दा लगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको पत्रमा बताएका हुन् ।

१४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरमा भएको आत्मघाती हमलामा ४० सुरक्षाकर्मीको ज्यान गएपछि तनाव उत्पन्न भएको थियाे। सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको थियाे । तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गरेकाे थियाे । पुलवामा आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच तनाव बढेको थियो । पाकिस्तानको बालाकोटमा २६ फेब्रुअरीमा भारतले हवाई हमला गरेपछि दुवै देशबीच युद्ध सुरु हुने स्थितिमा पुगेको थियो ।

यद्यपि एक भारतीय लडाकु विमानलाई पाकिस्तानले जमिनमा खसालेर त्यसका पाइलटलाई समेत नियन्त्रणमा लिएपछि भारत पछि हटेको थियो । त्यसपछि पाकिस्तानले ती पाइलटलाई ससम्मान भारतलाई सुम्पिएको थियो ।

मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै इमरान खानले भनेका छन्- दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ । पाकिस्तानले कश्मीर मुद्दासहित सबै समस्याको समाधान चाहेको भन्दै खानले मोदीलाई पत्र पठाएको जीओ टिभीले जनाएको छ ।मोदी पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।

मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय भएको बताएका छन् । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक रहेको उनको भनाइ छ । मोदी भारतमा पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो ।