प्रहरी हिरासतमा शिक्षकको मृत्यु कश्मीरस्थित पलुवामा तनाव

प्रहरी हिरासतमा शिक्षकको मृत्यु कश्मीरस्थित पलुवामा तनाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– भारत जम्मू कश्मीरको पलुवामा जिल्लाको अवन्तिपुरामा प्रहरी हिरासतमा एक शिक्षकको मृत्यु पश्चात उक्त क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ।शिक्षक रिजवान पण्डितलाई प्रहरीले उनको घरबाट हिरासतमा लिएको मृतक शिक्षकका आफन्तले बताएका छन्।

२६ वर्षिय शिक्षक रिजवान पण्डितको मृत्युको खबर आएसँगै उक्त क्षेत्रमा सुरक्षकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा कैयौ घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

एक हिंसात्मक घटनाको अनुसन्धानको लागि आरोपित पण्डितलाई हिरासतमा लिइएको र यहि क्रममा हिरासतमा उनको मृत्यु भएपछि घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ।

मार्च १७ को राती रिजवानको मृत्यु भएको थियो। रिजवानका भाई जुल्करनैनले उनको दाजु एक निजि स्कुलका प्रिन्सिपल भएको एक स्थानीय पत्रिकालाई बताएका छन्। उनी माथि ६ महिना पहिले मुद्दा चलाईको थियो, जुन अदालतले खारेज गरिदिएको उनका भाई जुल्करनैनले बताएका छन्।

रिजवानको मृत्युको खवर सार्वजनिक भएसँगै विभिन्न संगठनहरुले उक्त क्षेत्रमा बन्दको आह्वान गरेका थिए। कश्मीरका सबै राजनीतिक पार्टीले यस घटनाको निन्दा गरेका छन्। साथै उक्त घटनाका निष्पक्ष अनुसन्धानको लागि माग गरेका छन्।