थुनछेक आदेश आउने भएपछि कास्कीमा बढ्यो चहलपहल, अदालत परिसरको सुरक्षा व्यवस्था कडा

थुनछेक आदेश आउने भएपछि कास्कीमा बढ्यो चहलपहल, अदालत परिसरको सुरक्षा व्यवस्था कडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जिल्ला अदालत कास्कीबाट सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका ७ जना प्रतिवादीको थुनछेक आदेश आउने भएपछि अदालत आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

बिहीबार सरकारी वकिलको तर्फबाट बहस सकिएर आदेश आउने तयारी भएसँगै अदालत परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनथ गरिएको हो ।

प्रतिवादीको तर्फबाट बुधबार नै बहस सकिएपछि जवाफी बहस बुधबार दिउँसो र बिहीबार भएको हो। प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाल प्रहरी र सशत्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।

अब ७ जना प्रतिवादीलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश हुनेछ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरामा जम्मा भएका छन् । रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा पुगेका हुन् ।

यस्तै रवि पत्नी निकिता पनि सँगै रहेकी छिन् ।