कास्कीमा विद्या भट्टराईलाई २ हजार ४०० मतले पराजित गर्छौंः प्रवक्ता शर्मा

कास्कीमा विद्या भट्टराईलाई २ हजार ४०० मतले पराजित गर्छौंः प्रवक्ता शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की–२ को चुनावमा लामो मतान्तरले पराजित गर्नै प्रतिक्रिया दिएका छन् । उनले कास्की–२ मा कांग्रेसले २ हजार ४०० मत अन्तरले जित्ने दावी गरेका छन् ।

‘सबै प्रकारले हेर्दा २ हजार ४०० मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने । प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधार समेत प्रस्तुत गरे ।

‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उनले भने ।

यसै प्रसंगमा प्रवक्ता शर्माले मान्छे बुढो हुँदैमा सांसद बन्न नपाउने भन्ने नभएको टिप्पणी गरे । उनले भने, ‘डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति बन्नुभयो । प्रधानमन्त्री ओली पनि ७० वर्ष आसपासमै हुनुहुन्छ ।’ उम्मेदवार खेमराज पौडेलको उमेरको सवाल भन्दा उनले दिने सन्देश महत्वपूर्ण हुने उनले स्पष्ट पारे ।

आफू चुनाव प्रचार अभियानमा लाग्दै गर्दा दशैभर कांग्रेसको पक्षमा लहर आएको समेत उनको दावी छ ।