पोखरा – कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५सय ३ मतान्तरले पराजित गर्दै भट्टराई दोस्रो पटक निर्वाचित भएकी हुन् ।
भट्टराईले १६ हजार ९९८ मत पाईन भने निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल भए । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६५९ मतसहित तेस्रो स्थानमा पुगेका छन् ।




प्रतिक्रिया