लामिछाने विरुद्धको फाइल न्यायाधीश दाहालको इजलासमा पेसी हुने

लामिछाने विरुद्धको फाइल न्यायाधीश दाहालको इजलासमा पेसी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।

लामिछानेको म्याद थपका लागि न्यायाधीश नवराज दाहालको इजलासमा पेसी तोकिएको छ ।

जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । लमिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरेको थियो । उनलाई सोही दिन राति नै पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज अदालत उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधमा उनीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।