पोखरा-कास्कीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । अन्य २ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–३२ चैनपुरकी आरती ओझाको घर पहिरोेले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको हो । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।
मादी गाउँपालिका–११ मा पहिरोेमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएकी छिन् । पहिरोेमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पहिरोेमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए । उनले पहिरोेमा बेपत्ता भएकाहरूको खोजी भइरहेको पनि बताए ।
गए राति नै पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको घर पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया