कास्की–२ मा समाजवादी पार्टीको उम्मेदवार भूपू गोर्खा सैनिक गुरुङ

कास्की–२ मा समाजवादी पार्टीको उम्मेदवार भूपू गोर्खा सैनिक गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टी नेपालले उपनिर्वाचनका लागि कास्की–२ मा भूपू गोर्खा सैनिक धर्मराज गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।

समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ट्विटरमार्फत कास्की–२ प्रतिनिधिसभाका लागि इन्जिनीयर तथा भूपू ब्रिटिश गोर्खा सैनिक गुरुङलाई उम्मेदवार उठाउने निर्णय गरेको जानकारी दिए ।

‘समाजवादी पार्टीले आसन्न उपनिर्वाचनमा कास्की–२ प्रतिनिधिसभाका निम्ति इन्जिनीयर तथा भूपू ब्रिटिश गोर्खा धर्मराज गुरुङ र प्रदेशसभा निम्ति बागलुङ–२ (ख)मा अशोककुमार बिक र दाङ–३(ख) मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बानाउने निर्णय गरेको छ ! जनतालाई कम्युनिष्ट र कांग्रेसको विकल्प मिल्यो है !’

समाजवादी पार्टीको जिल्ला समितिले गुरुङसहित धन प्रसाद तामाङ, हेम बहादुर थापा (किरण), राम बहादुर नेपाली र शम्भु खातीको नाम सिफारिस गरेको थियो ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कार्तिक २१ मा उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।