कास्की – विभिन्न पेशा र व्यवसायमा संलग्न रामेश्वर थापाविरुद्ध जिल्ल अदालत कास्कीमा आइतबार ठगी, अपराध र विश्वासघात गरेको मुद्धा दर्ता भएको छ ।
पीडित शिव बास्तोलाको जाहेरीमा सरकारी वकिलको कार्यालय कास्कीले आइतबार थापालगायत उक्त काण्डमा संलग्न व्यक्तिहरुलाई विपक्षी बनाई मुद्धा दायर भएको हो ।
मुद्धामा अन्नपूर्ण ब्रोडकास्ट त्यसका अध्यक्ष र रामेश्वर थापा, त्यसका कार्यकारी प्रमुख लक्ष्मी प्रसाद पौडेल, त्यसका अख्तियार प्राप्त व्यक्ति निरज श्रेष्ठ, ठगीमा संलग्न देव विकास बैंकका तीन जना कर्मचारीलाई विपक्षी बनाई मुद्धा दायर भएको छ ।
प्रहरीले उनीहरुलाई खोज्दै नखोजी फरार रहेको मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले उनीहरुलाई फरार रहेको भनी मुद्धा दायर गरेको हो । यो खबर आजको आर्थिक राष्ट्रिय दैीनकमा प्रकाशित छ ।




प्रतिक्रिया