कस्मिर आक्रमणमा नेपाली मूलका एक भारतीय सैनिक मारिए

कस्मिर आक्रमणमा नेपाली मूलका एक भारतीय सैनिक मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— जम्मु कस्मिरको राजौरी सेक्टरमा पाकिस्तानी सेनाले आक्रमण गरेको छ।

शनिबार पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोललाई उल्लंघन गर्दै भारततर्फ आक्रमण गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
आक्रमणमा नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा देहरादुन निवासी नेपाली मूलका ३५ वर्षीय भारतीय सेनाका लेस नायक सन्दीप थापा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

संघर्ष विरामको उल्लंघन गर्दै पाकिस्तानी पक्षले गोलाबारी गरेको आरोप भारतीय सेनाले लगाएको छ। त्यस्तै भारतीय पक्षको आक्रमणबाट पाकिस्तानी सेनाको एक आर्मी क्याम्प ध्वस्त भएको बताइएको छ।

अहिले पनि त्य क्षेत्रमा दोहोरो गोलाबारी भइरहेको जनाइएको छ।