कश्मीरमा अक्षय कुमारको हमसकल भेटिए


एजेन्सी – कश्मीरमा बलिउडका चर्चित अभिनेता अक्षय कुमारको जस्तै हुबहु अनुहार भएका हमसकल भेटिएका छन् ।

कश्मीरमा राजनीतिक तनावका बीच बुजुर्ग माजिद मीर नाम गरेका एक किसानको अनुहार र हाँसो अक्षय कुमारसँग मिलेका कारण उनी सामाजिक सञ्जालमा एकाएक चर्चित बनेका छन् ।
उनको तस्बिर हेर्दा धेरैलाई लाग्छ कि, उनी वास्तविक अक्षय कुमार नै हुन् । अक्षय कुमारको जुम्ल्याहा जस्तै देखिने मीरको सोही तस्बिर अहिले भाइरल बनेको हो । बुधबार उनको फोटो एबीपी न्युजका पत्रकार आशिष सिंहले ट्वीटरमा पोस्ट गरेका थिए ।

तस्बिरको साथमा उनले ट्वीटरमा लेखेका थिए, ‘कश्मीरमा सुनिल गावस्करका फ्यान माजिद मीरसँग भेट भयो । उनी हरेक दिन यो ह्याट पहिरिन्छन् ।’ ट्वीटर प्रयोगकर्ताले भने उनको त्यो तस्बिरसँगै अक्षय कुमारको तस्बिर ट्याग गर्दै पोस्ट गर्न थाले ।

धेरैजसोले उनलाई ‘अध्यक्ष कुमारका जुम्ल्याहा !’ भन्दै शेयर गरेका थिए । तीमध्ये एकजनाले त ‘उनी सुनिल गवास्करका फ्यान कम र कक्षय कुमारका भाइ बढी देखिन्छन्’ भन्दै ठट्टा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement