कश्मीर मामलामा आँट छ भने सरकारले बोल्नुपर्छ : जितेन्द्र देव

कश्मीर मामलामा आँट छ भने सरकारले बोल्नुपर्छ : जितेन्द्र देव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाएका छन् ।

१९५० को सन्धिबारे नेपालले आफ्ना कुराहरु राख्न नसकेको भन्दै उनले भने, ‘व्याक टु मंगलमान भयो । घुमिफिरी रुम्जाटार भयो ।’ त्यस्तै उनले जम्मू कश्मीर मामलाबारे आफ्नो धारणा सार्वजनिक गर्न पनि सरकारसँग माग गरे ।

छिमेकी मुलुकहरुले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कूटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ धारणा सार्वजनिक गर्नुपर्ने बताए । ‘परराष्ट्रमन्त्रीले नजिकबाट नियाल्दैछौं भन्नुभयो । यो नियाल्ने काम कहिलेसम्म हुन्छ ? आँट छ भने यो सरकारले जे बोल्छ बोलोस्’ उनले भने, ‘अनि कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’

पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दैछ भन्ने सन्देश गएको भन्दै उनले नेपाललाई भविश्यमा समस्या पार्ने चेतावनी दिए ।