काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उड्न लागेको कतार एयरवेजको जहाजमा चरा ठोक्किएको छ ।
आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा कतारको दोहा उडने तयारीमा रहेको कतार एयरवेजको क्युआर ६४५ विमानमा धावनमार्गमै चरा ठोक्किएपछि उडान अवरुद्ध भएको हो ।
उड्ने तयारी गरिरहेको जहाजमा धावनमार्गमै चरा ठोक्किएपछि उडान रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
चरा ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँच थालेको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।




प्रतिक्रिया