कतारमा पहिलो पटक निर्वाचन

कतारमा पहिलो पटक निर्वाचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कतारमा पहिलो पटक विद्यायक छान्नका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा करिब ६४ प्रतिशतले मतदान गरेका छन् ।

४५ सदस्यीय सुरा काउन्सिलको ३० सदस्यका लागि निर्वाचन भएको हो । काउन्सिलका बाँकी १५ जना सदस्य कतारका अमिरले नियुक्त गर्नेछन् । कूल दुई सय ३३ उम्मेदवारमध्ये २६ महिलाले चुनावमा प्रतिष्पर्धा गरेका थिए । सुरा काउन्सिलले देशको केही कानुन र बजेट अनुमोदन गर्छ ।

आर्थिक लगानी, प्रतिरक्षा र सुरक्षासम्बन्धी नीतिमा भने कान्सीलले कुनै सुझाब दिन सक्दैन । निर्वाचनमा महिला र पुरुषका लागि अलग अलग बुथको व्यवस्था गरिएको थियो ।