काठमाण्डु महानगरपालिकामा भोलि शोक बिदा

काठमाण्डु महानगरपालिकामा भोलि शोक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तत्कालीन काठमाण्डु नगर पञ्चायतका उपप्रधानपञ्च रहेका तीर्थराम डंगोलको निधनको शोकमा काठमाण्डु महानगरपालिकाले शोक आईतबार बिदा दिएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै डंगोलले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय गरिएको जनाएको छ ।

अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डंगोलको शुक्रबार राति निधन भएको छ ।