काठमाण्डु– काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षमा २५ अर्ब बराबरको बजेट ल्याउने भएको छ।
शुक्रबार महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको राजश्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको हो।
बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ।
शुक्रबार बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभा मार्फत बजेट सार्वजनिक गर्ने छ ।
नगरसभा बैठकमा प्रमुख बालेनले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन् ।
बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया