काठमाण्डु – बजेट ल्याउन ढिला गरेको काठमाण्डु महानगरपालिकाको नीति तथा कार्यक्रम आईतबार सभामा प्रस्तुत भएको छ ।
आईतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
बजेट ल्याउनुअघि राष्ट्रिय सभागृहमा भइरहेको नगर सभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
उनले नगर सभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम वाचन गरेका छन् । नगर सभामा पेश हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनुपर्ने व्यवस्था छ । त्यही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट आईतबार बिहानै पास गरिसकेको छ ।
गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो ।




प्रतिक्रिया