असार ३२ गते काठमाण्डु महानगरको बजेट पारित गरिने

असार ३२ गते काठमाण्डु महानगरको बजेट पारित गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको बजेट असार ३२ गते पारित गरिने भएको छ ।

चालू आर्थिक वर्षको ०८१/८२ को प्रगति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि असार ३२ गते बैठक आह्वान गरिएको छ ।

आईतबार बसेको १७औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको जानकारी दिए ।

उनले भने, ‘सभामा पेश भएको चालू आर्थिक वर्ष ०८१/०८२ को प्रगति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्ने सन्दर्भमा २०८२ असार ३२ गते दिउँसो २ बजे राष्ट्रियसभा गृहको सभाहलमा बस्ने गरी नगरसभा सञ्चालन ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम आजको बैठक सकिएको घोषणा गर्दछु ।’

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।