काठमाण्डु – गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई सरुवा गरेको छ ।
मन्त्रालयले काठमाण्डुको नयाँ सीडीओमा सहसचिव ईश्वरराज पौडेललाई जिम्मेवारी दिएको छ । जेनजी आन्दोलनका बेला सीडीओ रिजालको आलोचना भएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले काठमाण्डुको सीडीओमा पौडेललाई बुधबारको मन्त्रिस्तरीय निर्णयबाट खटाइएको जानकारी दिए ।
यसअघि काठमाण्डुका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको पनि सरुवा गरिएको थियो ।




प्रतिक्रिया