काठमाण्डु महानगरपालिकाले सुरु गर्‍यो एआईमा आधारित कल सेन्टर

काठमाण्डु महानगरपालिकाले सुरु गर्‍यो एआईमा आधारित कल सेन्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने संवादात्मक कृतिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टर सुरु गरेको छ ।

स्मार्ट वडा बनाउने भन्दै कामपा वडा नम्बर १७ ले एआईको सहयोगमा नागरिकलाई वडासँग जोड्ने कार्य गर्नका लागि सेवा सञ्चालन गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

प्रवक्ता मानन्धरका अनुसार ०१ ५९७१९८९ मा फोन डायल गरेर सेवा लिन सकिन्छ ।

वडाले वडावासी र सेवाग्राहीलाई सेवा र सूचनासँग जोड्न एआई प्रविधिमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएपछि वडासँग सम्बन्धित प्रश्नको जवाफ फोनबाटै प्राप्त गर्न सकिन्छ ।

नागरिक वडापत्रमा भएका सबै विषयको एआईले जवाफ दिन सक्छ । १५ जनाले एकैपटक फोन गर्दा जवाफ दिन सक्छ । ज्येष्ठ नागरिक भत्ता वितरण वडाले प्रदान गर्ने सेवासम्बन्धी सूचनालाई अडियो र टेक्स्टमा एकैपटक सेवाग्राहीलाई प्रदान गर्न सकिन्छ । पठाएको सूचना कसले पढ्यो । कसले सुन्यो । सुनेको हो भने कति समय सुन्यो । जस्ता विवरण हेर्न सकिन्छ । कुन क्षेत्रमा वा कुन विषयमा कस्ता गुनासा आए भन्ने तथ्याङ्क विश्लेषण गर्न सकिन्छ ।