काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको जानकारी दिए ।
आज नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।




प्रतिक्रिया