महानगरको निर्देशनले रोकिएन खुला मञ्चमा निःशुल्क खाना

महानगरको निर्देशनले रोकिएन खुला मञ्चमा निःशुल्क खाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले मंसिर २ गतेबाट खुलामञ्चमा खाना नखुवाउन निर्देशन दिएपनि दाताहरुले उक्त कार्यलाई निरन्तरता दिएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण रोजगारी गुमाएकाहरुलाई निःशुल्क रुपमा खना खुवाउँदै आएको हाम्रो टिम नेपाल नामक संस्थाले खाना खुवाएको हो ।

काठमाण्डु महानगरले खुल्ला स्थानमा खाना नखुवाउन निर्देशन दिए पनि मानिसहरुको लाम लागेकाले खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालले जनाएको छ ।

रोजगारी गुमाएर दैनिक छाक टार्न समस्यामा परेका मजदूरहरुले महानगरको उक्त कार्यको विरोध जनाउँदै आएका छन् । उनीहरुले खुला ठाउँमा खाना खाने आफुहरुको रहर नभएको बताएका छन् ।

यता महानगरले भने खुला ठाउँमा खाना खाँदा रोग फैलिने भएकाले व्यवस्थित रुपमा खाना खुवाउन आग्रह गर्दै आएको छ ।