काठमाण्डु – उपत्यकामा गत भदौ २५ गतेबाट सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि उपत्यकाको जोर बिजोर प्रणाली हटाउने निर्णय भएको बताए ।
प्रशासनले मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
‘जोर विजोर प्रणलीअनुसार सञ्चालन हुने गरी निर्णय भएकोमा विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग कारखानाहरुले जोर विजोर प्रणलीमा सवारी सञ्चालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो प्राप्त भएको साथै जोर विजोर प्रणलीमा सार्वजनिक सवारी यातायात सञ्चालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रीहरुको चाप बढी भएकाले सर्वसाधारण यात्रीहरुको सुविधाका बढी संख्यामा सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिड संक्रमण जोखिमसमेत कम हुने हुँदा कोभिड संक्रमण अवधिभर सार्वजनिक सञ्चालन निर्देशिका २०७७ पालना गर्ने गरी पुस ३ गतेबाट काठमाण्डु उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाएको व्यहोरा सबै नागरिकहरुमा अनुरोध छ’, काठमाण्डुका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया