काठमाण्डु – काठमाण्डु उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
आइतबार बसेको काठमाण्डु, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
बैठकले बढी भिडभाड हुने कार्यालयलाई पनि साप्ताहिक रुपमा सेवा प्रवाहको कार्यतालिका बनाई आलोपालो विधिबाट सेवा दिन आग्रह गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया