काठमाण्डु उपत्यकामा भोलीबाट सार्वजनिक बस चल्ने

काठमाण्डु उपत्यकामा भोलीबाट सार्वजनिक बस चल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा सार्वजनिक यातायातका सवारी साधन चलाउने निर्णय भएको छ ।

सोमबार बसेको काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा भोलीबाट २५ सिट भन्दा बढी क्षमताका सवारी साधन चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।

सिडिओ निरौलाका अनुसार जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चल्न दिने निर्णय भएको हो । ती सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको सिडिओ निरौलाले जानकारी दिए ।

‘आवश्यक स्वास्थ्य मापदण्ड लागू गरेर सवारी चलाउन दिने निर्णय भएको छ’, उनले भने  ।

त्यस्तै एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णयसमेत भएको छ । साथै अब सबै किसिमका पसल सञ्चालन हुन पाउने भएका छन् । बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने उनले बताए ।