आजदेखि उपत्यकामा मास्क नलगाउनेलाई कारबाही गरिने


काठमाण्डु- सरकारले जारी गरेको निषेधाज्ञाको उलंघन हुने क्रम बढेपछि स्थानीय प्रशासनले आजदेखि काठमाण्डु उपत्यकामा अनुगमन गर्ने भएको छ । उपत्यकामा निषेधाज्ञाको पालना भए नभएको अनुगमन सुरु गरिएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

उनका अनुसार अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरिएको छ । भीडभाड हुने क्षेत्र र सार्वजनिक सवारी साधनलाई प्राथमिकतामा राखेर अनुगमन सुरु गरिएको उनले बताए ।

उनले भने ‘ कोरोना संक्रमण घटेको छैन् । त्यसकारण सुरुमा मास्क नलगाएकाहरुलाई मास्क लगाउन र दुरी कायम गर्न प्रोत्साहन गरिने छ । अटेर गरेको पाइए कारबाही हुने छ’ । उपत्यकामा जारी निषेधाज्ञाको समय बुधबार सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement