काठमाण्डु उपत्यकामा राती ८ बजेपछि सवारी चलाउन पाइने, अरु के–के सञ्चालन हुन्छ ? (सूचीसहित)

काठमाण्डु उपत्यकामा राती ८ बजेपछि सवारी चलाउन पाइने, अरु के–के सञ्चालन हुन्छ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा राती ८ बजेपछि सवारी चलाउन पाइने भएको छ ।

मंगलबार बसेको काठमाण्डु उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठकले राती ८ बजेपछि सवारी सञ्चालनमा लाग्दै आएको रोक हटाएको हो ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोभिड प्रोटोकल पालना गरेर ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने बताए । साथै बैठकले पुरानो नियमलाई यथावत् राख्दै भदौ १६ सम्म निषेधाज्ञा थप गरेको छ ।

यसअघि काठमाण्डु उपत्यकामा राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको भन्दै सिडिओहरुको उक्त निर्णयको चर्को आलोचन भएको थियो । आलोचनापछि उपत्यकाको प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो ।