काठमाण्डु- काठमाण्डु महानगरपालिका कार्यालय अगाडि सोमवार फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सुन्धारास्थित काठमाण्डु महानगरपालिकाको कार्यालय अगाडि तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा फोहोर थुपारेर सांकेतिक प्रदर्शन गरेको हो ।
उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाण्डु उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ ।




प्रतिक्रिया