फाेहोर नउठेको भन्दै कुचो बोकेर निस्किए सरसफाइ अभियन्ता

फाेहोर नउठेको भन्दै कुचो बोकेर निस्किए सरसफाइ अभियन्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै सरसफाइ अभियन्ताहरूले प्रदर्शन गरेका छन् । मंगलबार सरसफाइ अभियन्ताहरूले लामो समयदेखि काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै रत्नपार्कमा सांकेतिक  प्रदर्शन गरेका हुन् ।

उनीहरूले रत्नपार्कदेखि ठमेलसम्म फोहोर संकलन गरेका थिए । अभियन्ताहरूले सिसडोलस्थित डम्पिङ साइट अव्यवस्थित भएकाले बन्द गर्नुपर्ने र बन्चरेडाँडामा निर्माणाधीन साइट छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘फोहोर नगरौँ, सफा त्यसै हुन्छ’, ‘म मेरो देशमा फोहोर गर्दिनँ’, ‘यो सुन्दर मनाेरम उपत्यकालाई फोहोर थुपारेर अन्तर्राष्ट्रिय बेइज्जत नगरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।